धरान रन द्धारा आयव्यय सार्वजनिक
१६ जना विद्यार्थीलाई छात्रवृत्त

विकास चाम्लिङ राई,
धरान रनले नेपाल आइस छैठौ नेवा च्यारेटि ८के रनको आय–व्यय शनिवार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ । २०७४ फागुन ५ गते आयोजना गरेको ८के रन प्रतियोगितामा जम्मा आम्दानी नगद २४ लाख २७ हजार चालिस रुपैया, खर्च तर्फ १७ लाख ७० हजार ७ सय पचास र वचत नगद ६ लाख ५६ हजार २ सय ९० रुपैया भएको धरान रनका प्रवत्ता गोपाल राईले जानकारी गराए ।
आम्दानि भएको रकम वाट ४ लाख रुपैया धरान रनले स्थापना गरेको नेवा च्यारेटि एजुकेशन फण्डमा जम्मा गरिने, एक लाख रुपैया नेवा हेल्थ फण्डमा र वाकि रहेको १ लाख ५६ हजार २ सय नव्वे रुपैया धरान रनको वैंक खातामा वार्षिक कार्यलय खर्चको निम्ति जम्मा गरिने धरान रनका अध्यक्ष रमु राई जनाए । धरान रनले पाचौ संस्करणमा प्रतियोगिता वाट वचेको रकमले ‘नेवा च्यारेटि एजुकेशन फण्ड’ नामको अक्षय कोषको स्थापना गरेको छ । दुई लाख ५० हजार रुपैया वाट स्थापना गरेको कोषमा चार लाख रुपैया थप भए पछि कोषमा ६ लाख ५० हजार रुपैया रहेको अध्यक्ष राईले जनाए । राइका अनुसार हेल्थ फण्डको रकमले स्वस्थ्य सम्वन्धि रक्तदान कार्यक्रम, औषधि, प्रथामिक उपचार लगायतमा खर्च गरिनेछ ।
सोहि दिन धरान रन संस्थाले एजुकेशन फन्ड अन्र्तगत रहेर छात्रवृत्त प्रदान गरिने धरानका १६ जना विद्यार्थी वालवालिकाको नाम घोषणा गरेको छ । साथै उनिहरुलाई आवश्यक पर्ने स्टेसनरि सामान, जुत्ता, स्कुल डेस पनि प्रदान गरेको थियो । उनिहरुलाई धरान रनका अध्यक्ष रोमु राई, संस्थाका सल्लाहकार संजय सुनुवार, उपाध्यक्ष युगल लिम्वु लगायतले सहयोग सामग्रि प्रदान गरेका थिए । छात्रवृत्त प्राप्त गर्ने वालवालिकालाई तिन तिन महिनमा आवश्यक सामग्रि प्रदान गरिने अध्यक्ष रोमु राईले जनाए । सहयोग सामग्रि तथा विद्यालयमा लाग्ने खर्च अक्षयकोष वाट आएको व्याज रकम वाट उपलव्ध गराइने पनि उनले जनाए ।
तस्विरः विकास चाम्लिङ राई,

Congratulation Santosh Rai

!
बधाई सन्तोष राई, सस्थापक अध्क्षय धरान रन
लन्डन म्याराथुन २०१७, न्युनिख म्याराथुन २०१७ को सफल दौड पश्चात बोस्टन म्याराथुन २०१८ मा ३:११:५० सेकेन्डमा सफलता प्राप्त गर्नु भएकोमा सम्पूर्ण नेपाली तथा धरान रन परिवार गौरन्वित भएको छौ ! तपाईको आगामी म्याराथुनको निम्ति अग्रिम शुभकामना ब्यक्त गर्दछौ !