बालबालिकाको शिक्षाका लागि धरान रन



बालबालिकाको शिक्षाका लागि धरान रन
सुनसरी तीर्थले चौंथो पटक र कान्छी मायाले दोश्रो पटक विजयी फाल्गुन २५, २०७५ धरान रनद्वारा शनिबार आयोजित आरती स्ट्रिप्स सातौं धरान १० के रनको उपाधि पुरुष तर्फ बाग्लुङका तीर्थ पुन र महिला तर्फ कान्छिमाया कोजुले जितेका छन । तीर्थ पुनले ३१ मिनेट १६ सेकेन्ड र कान्छिमायाले ३७ मिनेट ४७ सेकेन्डमा १० किमि दौड पूरा गरेका थिए । पुन भारतीय गोर्खा सेनामा कार्यरत छन् भने कोजु नेपालको शसस्त्र प्रहरी बलमा कार्यरत छिन् । प्रथम स्थान विजेता दुबैले जनही नगद ४० हजार रुपैयाँ र ट्रफी र प्रमाणपत्र हात पारे । पुनले यो सिजन सहित धरान रनको उपाधि चार पटक र कोजुले दुई पटक जितेका हु्न् । पुरुष तर्फको दोस्रो पर्वतका अनिस थापा भए । उनले ३१ मिनट २२ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उनले नगद ३० हजार रुपैयाँ हात पारे भने तेस्रो हुने नेपान आर्मीका गजेन्द्र राईले ३१ मिनट ३५ सेकन्डमा दौड पूरा गर्दै नगद २० हजार रुपैयाँ हात पारे । महिला तर्फ दोस्रो उपाधि विजेता धादिङकी सन्तोषी श्रेष्ठले ३८ मिनट ८ सेकेन्डमा पूरा गर्दै नगद ३० हजार रुपैयाँ र तेस्रो हुने एपीएफकी पुष्पा भन्डारीले ३८ मिनट ४७ सेकेन्डमा दौड पूरा गर्दै नगद २० हजार रुपैयाँ हात पारेका थिए । प्रतियोगिताको १६ वर्ष मुनिका उमेरका पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरानका किरण लिम्बू तेस्रो भए । महिलातर्फ दमक रनकी मनिषा राई प्रथम, चन्द्रकला भुजेल दोश्रो र संगीता तामाङ तेस्रो भइन् । १२ वर्ष मुनिका उमेरमा पुरुषतर्फ रोदन राई प्रथम, अनिष खड्का दोश्रो र अशोक तामाङ तेस्रो भए भने महिलातर्फ स्मृति राई प्रथम, लक्ष्मी भुजेल दोश्रो र प्रकृति भुजेल तेस्रो भए । भेट्रान (४० देखि ६० वर्ष) पुरुषतर्फ धर्म महर्जन प्रथम, निर्मल राई दोश्रो र मंगल राई तेस्रो भए । महिलातर्फ रितादेवी राई प्रथम, भिममाया राई दोश्रो र गंगा गुरुङ तेस्रो भइन् । दौडमा १६ वर्ष मुनि, १२ वर्ष मुनि र भेट्रानका विजेताहरु प्रम, दोस्रो र तेस्रोलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

दौड धरान ९ पुतली लाइनदेखि सुरु भएर नारायण चोक, दुर्गा चोक, बुद्ध चौक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी टंकी, रंगशाला, जानकी चोक, जिरो पोइन्ट, लक्ष्मि चोक, हुँदै देशीलाइनमा टुङ्गिएको थियो । उक्त अवसरमा सुपर भेट्रान विद्याबाट ६४ वर्षीय इन्द्रवहादुर राई, उदयीमान खेलाडी इन्द्रकला नेम्वाङ्ग र किरण लिम्बु, धरान रन वर्ष खेलाडी दलबहादुर राईलाई सम्मान स्वरुप उपहार प्रदान गरिएको थियो । पूर्व राष्ट्रिय म्याराथन च्याम्पियन मुकुन्दहरि कृष्णलाई एथलेटिक्स खेलमा दिएको योगदनाको कदर गर्दै धरान रन संस्थाको तर्फबाट धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारी र धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष रमु राई र नेपाल एयरलान्यसका क्याप्टेन समेत रहेका अभिनेता विजय लामा लगायतले पुरस्कार वितरण गरेका थिए । दौडमा ३५ सय धावकहरु दौडेका थिए । धरान रन च्यारिटी प्रतियोगिताबाट संकलित रकम मध्ये पुरस्कार दिएर बाँकी रहेको रकम ‘नेवा एजुकेशन फण्ड’ मार्फत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई जाडोको न्यानो कपडा तथा स्टेशनरीका सामग्री प्रदान गर्ने घोषणा गरिएको छ ।

Winners of “Aarti Strips – Dharan 10 K, 7th Newa charity 2019”


Winners of “Aarti Strips – Dharan 10 K, 7th Newa charity 2019”

Open – Male
1. Tirtha Pun – 31:16 sec
2. Anish Thapa- 31:22 sec
3. Gajendra Rai – 31:35 sec

Open – Female
1. Kanchhimaya Koju – 37:47 sec
2. Santoshi shrestha – 38:18 Sec
3 Puspa Bhandari – 38:47



Under 16 Male
1. Naresh Buda Magar – 45:00 sec
2. PrabinKumar Bohara – 46:02 Sec
3 Kiran limbu – 47:03

Under 16 Female
1. Manisha Rai – 52:31 sec
2. ChandraKala Bhujel 52:38 Sec
3 Sangita Tamang – 57:03

Under 12 Male – “3 Km only”
1. Rodan Rai – 9:50 sec
2. Anish Khadaka 10:00 Sec
3 Ashok tamang – 10:15

Under 12 Female
1. smiti rai – 11:59 sec
2. Laxmi Bhujel 12:06 Sec
3 Prakiti bhujel – 13:09

Veteran Male
1. Dharma Maharjan 37:14
2. Nirmal Rai 39:56
3. Mangal Tamang 42:02

Veteran Female
1.Rita Devi rai 1:00:01
2. Bhimmaya Rai 1:2:04
3. Ganga gurung 1:10:45

Super Veteran Male
1. Indra Bahadur Rai – 51:30

Runner of Dharan Run 2019 and Local Runner
1. Indrakala Nembang “Nikki”
2. Kiran Limbu

Best Runner of Dharan Run
Daul Bahadur Rai

Runner of Year-Dharan Run
Ram Prasad Uraw
Bhagwati Kc

-Dharan Run Team


Final promotion of “Aarati Strips-Dharan10K Run, 7th Newa charity 2019”


आगामी फागुन २५ गते आरती स्ट्रीप्स धरान १० किमी रनको तयारी सुरु गरिएको छ।

नेपालकै धेरै धावक धाविका सहभागी हुने बृहत च्यारेटी रन सन् २०११ सेप्टेम्बर ७ बाट ‘धरान रन’ प्रारम्भ भएको हो। धरान ८ स्थित यलम्बर सामुदायिक पार्कबाट दौड सुरु भएर तीनकुनेस्थित श्रीजंगा शालिक परिक्रमा गर्दै पुनः पार्कमा आएर दौड टुंगाउने गरिन्छ।

च्यारेटी रन संस्थापक सन्तोष राईकी सुपुत्री नेवा राईको हाईड्रोक्याफलस अर्थात टाउकोमा पानी जम्ने रोग लागे पछि छोरीकाे नामबाट स्थापित ‘नेवा च्यारेटी रन’ नामकरण गरी सुरु भएकाे याे रन प्रत्येक बर्ष आयोजना गरिन्छ।

यो दौड प्रतियोगिताका सहभागीबाट लिइने दर्ता शुल्कबाट खर्च कटाएर बचेको रकम बर्सेनि सेवामा खर्च भइरहेको छ। सुरुमा २७ जनाबाट सुरु भएकाेमा यो वर्ष ५ हजारलाई दौडाउने लक्ष्य छ ।

प्रथम संस्करणबाट संकलित रकम शारीरिक अपांगता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ धरान रनले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएको थियो। यस कोषमा किरात राई यायोक्खा सुनसरीले रकम थप गरेर ४ लाख पुर्याइदिएको छ।

यस्तै, दोस्रो संस्करणबाट बचेको रकमले संक्रमित दुव्र्यसनी महिलाहरुको निम्ति दृष्टि नेपाल संस्थाको ह्यापी होमका लागि एक लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो। तेस्रो संस्करणबाट धरान पोजिटिभ समूहमा रहेका संक्रमित बालबालिकाको शिक्षाका लागि धरान रनले २ लाख ५० हजार प्रदान गर्यो। चौथो संस्करणबाट एकल महिला समूहको छहारी निर्माण, मुटु रोगी मिठु कटवाल, मृगौला रोगी प्रमिला बिक, क्यान्सरपीडित बालक नवीन बिक, अशक्त टेकबहादुर तामाङलाई गरी कुल दुई लाख सहयोग गरेको थियो। पाँचौँ र छैटौ संस्करणमा उठेको ६ लाख बाट धरान रनले ‘नेवा च्यारिटी एजुकेसन फन्ड’ स्थापना गरिएको अध्यक्ष रमु राईले बताए।

हाल यस अक्षय कोषबाट सामुदायिक विद्यालयका १७ जना बिधार्थीले छात्रवृति सहयोग पाइरहेको छ । उनीहरुको भर्ना एवं वार्षिक शुल्क, शैक्षिक सामग्री, पोशाकलगायत सबै खर्च फन्डले उपलब्ध गराइरहेको छ।

यहाँ स्वस्फूर्त रुपमा स्वयंसेवा गर्न सय जना युवा जोडिएका छन्। धरानमा हुने अधिकांश सामाजिक, खेलकुद, रक्तदान, सरसफाई , चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा सक्रिय सहभागिता रहन्छ। धरान रनसँग नेपालको सबैभन्दा ठुलो स्टील कम्पनी आरती स्ट्रीप्स प्रा.लीले साथ दिएको छ शीर्ष स्थानमा भने यति फलोरिङ्ग, नेपाल टेलिकम, प्रभु बैंक लगायतको साथ छ। यस कार्यक्रमको आयोजक नेवा च्यारिटी धरान तथा व्यवस्थापन कि इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले गरेको छ।