Duhabi Run

बधाई सबै धरान रन रनिङ्ग क्लबको बिजेताहरुलाइ
दुहबी जेसिस द्वारा आयोजित दुहबी ६ कि मि रन प्रतियोगिता मा धरान रन रनिङ्ग क्लबका धावक धाविका हरु विजय हासिल गर्नु भएको मा सबै सहभागी बिजयीहरु लाई हार्दिक बधाई दिन चाहन्छौ ।
उक्त प्रतियोगितामा आगामी फागुन १० मा हुने धरान १० कि रन आठौ नेवा च्यारेटी २०२० को ब्यानर सहित धावक धाविका हरु ले प्रोमोसन र प्रचार प्रसार गरिएको थियो !

दुहबी ६ कि मि रन प्रतियोगिताक बिजेताहरु
पुरुष तर्फ
प्रथम – मोहन कुमार राई
दोश्रो – किरण लिम्बु
तेस्रो – रोशन राई

महिला तर्फ
दोश्रो – कमल राई
तेस्रो – रुमी दर्लामी मगर

How to Make an Online Registration Of Dharan 10K Run-8th Newa charity 2020

धरान रन समुहद्वारा आयोजित “धरान १० कि रन – आठौ नेवा च्यारेटी रन २०७६” को online फारम भर्ने तरिका !

१. सर्बप्रथम धरान रन समुहको अफिसियल वेबसाइट www.dhararun.org.np मा गइ registration मा click गर्नुहोस ।

२. serial no मा click गर्नुहोस र उक्त दिनको Date भर्नुहोस् ।

 

३. आफ्नो उमेर समुह मा Tick mark लगाउनुहोस, example – तपाई १७ बर्ष देखि ३९ वर्ष सम्म हुनु भए Open को Box मा mark गर्नुहोस।

 

४. First Name मा आफ्नो नाम र Last Name आफनो थर लेख्नुहोस र Address मा आफ्नो ठेगाना भर्नुहोस् । आफ्नो सहि जन्म मिति Date of Birth मा भर्नुहोस्, गलत Date of Birth भरिएको पाएमा प्रतियोगिता बाट निस्कासित गरिनेछ । आफ्नो Contact मा सम्पर्क न र Age मा उमेर भर्नुहोस् । email , Gender र अविभावक को सम्पर्क न Parents No मा भर्नुहोस् । आफ्नो Tshirt size र Amount मा click गर्नुहोस र Charity Donation गर्नु चाहनु Extra Amount Donation मा रकम सहित भर्नुहोस् ।

 

५. Upload your Image मा आफ्नो फोटो हाल्नुहोस र E sewa र बाणिज्य बैंक मा दर्ता गरिएको भौचर को फोटो हाल्नुहोस। example – हाम्रो Esewa को न ९८१४३३३२०० मा दर्ता रकम ट्रान्सफर गरेको मोबाइल screen shot को फोटो Upload your receipt मा हाल्नु होला र हाम्रो बाणिज्य बैंकको धरान रन समुह नाम को खाता न २१६०००३१७००१ मा भुक्तानी रसिद Upload your receipt मा हाल्नु होला।

६. प्रतियोगी को नाम भर्नुहोला र १६ बर्ष मुनि को प्रतियोगी को अभिभावक को नाम भर्नुहोला।

७. अन्तमा सम्पूर्ण Terms and Condition मा सहमत भएको अवस्थामा Click गरि Submit गर्नु होला।

नोट – 2019 November महिनासम्म रु २०० दर्ता शुल्क, 2019 December महिनासम्म रु ३०० दर्ता शुल्क र 2020 January महिना पछि रु ४०० दर्ता शुल्क निर्धारण गरिएको जानकारी गर्दछौ ! Registration को पूर्ण रुपमा बिबरण भर्नुहोला, अन्यथा Registration लाई पूर्ण मान्यता दिइनेछैन ।

@साथै धरान नजिकमा हुने इच्छुकको निम्ति धरान रन सप, भानुचोकमा फारम उपलब्ध भएको जानकारी गर्दछौ @

-धरान रन समुह
सम्पर्क न ९८११३०६१११ – ९८१४३३३२००

Promo Run – Dharan 10K Run, 8th Newa Charity 2020

Dharan 10k run- 8th Newa  Charity 2020  run has been inaugurated by today. We would like to inform you all the well wisher and runner that Dharan 10k run forms has been open by today those who are interested to participate in the biggest running event of Nepal which will be on 10th Falgun 2076 , 22 feb 2020.

“धरान रनको प्रचारात्मक अभियान अन्तर्गत शनिबार कोशीको नयाँ पुलमा पुगेका धावक धाविकाहरु”

धरान रन नेवा च्यारिटी १० के रन आठौं नेवा च्यारिटिको पूर्व तयारी स्वरुप प्रचारात्मक अभियान अन्तर्गत धावक धाविकाहरुले शनिबार धरानबाट बराहक्षेत्र नगरपालिकाको चतरा पुलसम्म २१ किलोमिटर दौड पूरा गरेका छन् । विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धरान रन यसपटक फागुन १० गते हुनेछ । आयोजक धरान रनका अध्यक्ष रमु राईका अनुसार धरान रनिङ क्लबका २५ धावक धाविकाहरुले व्यानर लिएर चतरासम्मको दौड पूरा गरेका थिए । दौड प्रतियोगिताबाट संकलन हुने रकम बालशिक्षामा समर्पित गर्दै आएको ‘नेवा एजुकेशन अक्षयकोष’ मा जम्मा हुदै आएको अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हालसम्म सामुदायिक विद्यालयका २४ जना जेहेन्दार–विप्पन्न विधार्थीहरुलाई छात्रवृति दिएर सहयोग गरिरहेका छौं । यसपटकको रकमले पनि बालशिक्षालाई नै निरन्तरता दिने छौं ।’  आयोजक धरान रनले यो सिजनको दौडलाई ‘भिजिट नेपाल वर्ष–२०२०’ संग जोडेको छ ।

गत वर्ष ३५ सय सहभागी भएकोमा यसपटक चार हजार बढी धावक धाविकालाई सहभागी गराउने तयारी सुरु भएको राईले बताउनुभयो ।  उहाँले दौडमा सहभागी हुनका लागि अनलाईन फर्म खुला गरिएको उहाँले बताउनुभयो । इच्छुकहरुले डव्लुडव्लुडव्लु डट धरानरान डट ओआरजी डट एनपीमा गएर फर्म रजिष्टर्ड गर्न सक्ने उहाँले बताउनुभयो । दौडमा प्रथमले नगद ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, द्धितीयले नगद ३० हजार रुपैयाँ, तृतीयले नगद २० हजार प्राप्त गर्ने छन् ।

धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई हुन् । म्याराथन धावक उनले विश्वका प्रमुख म्याराथनहरु लण्डन, बर्लिन, बोस्टन, सिकागो, न्यूयोर्क, टोकियो म्याराथन सफलतापूर्वक पुरा गरेपछि सामाजिक सेवाका लागि धरान रन नेवा च्यारिटी सुरु गरेका हुन् । आफ्नी छोरी नेवा राईको टाउकोमा पानी जम्ने रोग हाइड्रोक्यफलस भएर शारीरिक रुपमा अस्वस्थ भएपछि उनैको नाममा नेवा च्यारिटी धरान रन आयोजना गर्दै बालशिक्षाका लागि अक्षय कोष स्थापना गरेका छन् । हालसम्ममा कोशमा ११ लाख ८२ हजार रुपैयाँ जम्मा भएको छ !

Source news – प्रदीप/कान्तिपुर