Promo Run – Dharan 10K Run, 8th Newa Charity 2020

Dharan 10k run- 8th Newa  Charity 2020  run has been inaugurated by today. We would like to inform you all the well wisher and runner that Dharan 10k run forms has been open by today those who are interested to participate in the biggest running event of Nepal which will be on 10th Falgun 2076 , 22 feb 2020.

“धरान रनको प्रचारात्मक अभियान अन्तर्गत शनिबार कोशीको नयाँ पुलमा पुगेका धावक धाविकाहरु”

धरान रन नेवा च्यारिटी १० के रन आठौं नेवा च्यारिटिको पूर्व तयारी स्वरुप प्रचारात्मक अभियान अन्तर्गत धावक धाविकाहरुले शनिबार धरानबाट बराहक्षेत्र नगरपालिकाको चतरा पुलसम्म २१ किलोमिटर दौड पूरा गरेका छन् । विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धरान रन यसपटक फागुन १० गते हुनेछ । आयोजक धरान रनका अध्यक्ष रमु राईका अनुसार धरान रनिङ क्लबका २५ धावक धाविकाहरुले व्यानर लिएर चतरासम्मको दौड पूरा गरेका थिए । दौड प्रतियोगिताबाट संकलन हुने रकम बालशिक्षामा समर्पित गर्दै आएको ‘नेवा एजुकेशन अक्षयकोष’ मा जम्मा हुदै आएको अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हालसम्म सामुदायिक विद्यालयका २४ जना जेहेन्दार–विप्पन्न विधार्थीहरुलाई छात्रवृति दिएर सहयोग गरिरहेका छौं । यसपटकको रकमले पनि बालशिक्षालाई नै निरन्तरता दिने छौं ।’  आयोजक धरान रनले यो सिजनको दौडलाई ‘भिजिट नेपाल वर्ष–२०२०’ संग जोडेको छ ।

गत वर्ष ३५ सय सहभागी भएकोमा यसपटक चार हजार बढी धावक धाविकालाई सहभागी गराउने तयारी सुरु भएको राईले बताउनुभयो ।  उहाँले दौडमा सहभागी हुनका लागि अनलाईन फर्म खुला गरिएको उहाँले बताउनुभयो । इच्छुकहरुले डव्लुडव्लुडव्लु डट धरानरान डट ओआरजी डट एनपीमा गएर फर्म रजिष्टर्ड गर्न सक्ने उहाँले बताउनुभयो । दौडमा प्रथमले नगद ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, द्धितीयले नगद ३० हजार रुपैयाँ, तृतीयले नगद २० हजार प्राप्त गर्ने छन् ।

धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई हुन् । म्याराथन धावक उनले विश्वका प्रमुख म्याराथनहरु लण्डन, बर्लिन, बोस्टन, सिकागो, न्यूयोर्क, टोकियो म्याराथन सफलतापूर्वक पुरा गरेपछि सामाजिक सेवाका लागि धरान रन नेवा च्यारिटी सुरु गरेका हुन् । आफ्नी छोरी नेवा राईको टाउकोमा पानी जम्ने रोग हाइड्रोक्यफलस भएर शारीरिक रुपमा अस्वस्थ भएपछि उनैको नाममा नेवा च्यारिटी धरान रन आयोजना गर्दै बालशिक्षाका लागि अक्षय कोष स्थापना गरेका छन् । हालसम्ममा कोशमा ११ लाख ८२ हजार रुपैयाँ जम्मा भएको छ !

Source news – प्रदीप/कान्तिपुर