विपन्न र असहायहरुको सहयोगका लागि यसरी दौडन्छ धरान


धरान रन धरानको पहिचान भइसकेको छ, अरुले पनि रन च्यारिटी थालेका छन्
सुम्निमा चाम्लिङ२०७४ चैत ४ गते १७:३८

हाम्रो पहिलो सन्तान नेवा वेलायतमा जन्मिइन् । उनी जन्मँदा मेरो परिवारको खुसी र उमंगको कुनै सिमा थिएन । खुसी नै खुसी बीच छोरी नेवा पाँच महिनाकी भइन् । तर, छोरी अकस्मात विरामी भइन् ।
जचाउन लगियो । छोरीलाई हाईड्रोक्याफलस अर्थात टाउकोमा पानी जम्ने रोग भएको देखियो । यो जटिल रोग भन्ने थाहा पाएपछि मेरो होसहवास उड्यो ।

बेलायतको एक च्यारिटी वाल अस्पतालमा छोरीको उपचार गरायौ । उपचारको क्रममा कैयौैं पटक ठूलो शल्यक्रिया गर्नुपर्यो । विदेशको ठाउँ । भर्खर जागिर पाएको थिएँ । नेपालबाट परिवार पनि त्यही समयमा ल्याएको थिएँ ।

छोरीको स्वास्थ्यमा बिस्तारै सुधार हुँदै आयोे । छोरी दुई वर्ष पुगिन् । च्यारिटी अस्पतालले खर्च जुटाउन दौड आयोजना गर्दो रहेछ । मैले पनि च्यारिटी फन्डका लागि १० किलोमिटर दौडने निधो गरें । त्यसबेला म निकै मोटो थिएँ । व्यायाम केहि गर्दिनथें । दौडनलाई मैले तालिम लिएँ । तालिमपछि पहिलो पल्ट दौडँदा रमाइलो लाग्यो । त्यसपछि दैनिक दौडन थालें, दौडँदा स्वस्थ्य भएको महशुश गरें ।

एकदिन म काम गर्ने ठाउँका एक साथीले मलाइ बेलायतमै पार्क रनमा प्रत्येक हप्ताको शनिबार पाँच सय मिटर दौड हुन्छ भन्ने जानकारी गराए । सो पार्कमा थुप्रै मानिस जम्मा हुँदा रहेछन् दौडका लागि । म पनि पार्क रनमा प्रत्येक शनिबार सहभागी हुन थालें । झरी परोस वा हिउँ कहिल्यै दौड छुटाइन । जब पार्क रनमा दौडन थालें तब मैले दौडनुको फाइदा थाहा पाएँ । अझ भनौ स्वस्थ्य जीवनका लागि दौडको महत्व बुझें । त्यसपछी त झन् दौडलाई नितरन्ता दिए ।


एक दिनको सहयोगले के हुन्छ ?

दुई वर्षमा छोरीको स्वास्थ्यमा निकै सुधार आयो । छोरी स्वस्थ्य भएसँगै परिवार सँग नेपाल आयौं । छोरीको नाममा विभिन्न ठाउँमा दान, चन्दा दियौं । आफूले गरेको थोरै सहयोगले अरुको ओठमा हासो देख्दा साँच्चै खुसी लाग्दो रहेछ ।

नेपालबाट बेलायत फर्कने बेला मनमा एउटा विचार आयो । मेरो समाजमा मैले एकदिन दिएको सहयोगले सधैं पुग्दैन । अब कसरी दुखी असहायहरुलाई सहयोग गर्न सकिएला भन्ने विचार आयो । अब त्यसो हो भने च्यारीटी खोल्नुपर्छ भन्ने निर्णय गरें ।

सम्बन्धित मानिसलाई सहयोग गर्नु त छँदैछ त्यो भन्दा पनि मुख्य कुरा मानिसलाई स्वस्थ्य बनाउन चाहीँ के गर्न सकिएला भनेर हजार पल्ट सोच्ने गर्थें । वेलायतमा च्यारिटी फण्डका लागि ठूलाठूला दौड इभेन्ट हुने गरेको देखेको थिएँ । दौडन आएकाहरुले दिएको रकमले असहायहरुलाई सहयोग गरिन्छ । विदेशमा देखेको राम्रो काम नेपालमा अनुकरण गर्नुपर्छ भन्ने लाग्यो ।

अब धरान दौडन्छ

सुरुमा मैले धरान रनको योजना बनाएँ । आफैंलाई कैयौ पटक प्रश्न गरें । कसरी गर्ने भन्ने उपाय खोजें । प्रत्येक दिन यसबारे सोचिरहन्थें । मैले सुरुमा परिवारलाई योजना सुनाएँ । परिवारले खासै चासो दिएन ।

मैले सोही कुरा नेपालमा रहेका भाइ मनिष तामाङलाई सुनाएँ । उनले योजना राम्रो छ, सकेको सहयोग गर्छु भन्दा अलि आँट आयो । उनलाई नै धरान रन समूह निर्माणका लागि टिम बनाउन अनुरोध गरें । वेलायतबाट मैले सक्दो प्रयास गरिरहेको थिएँ ।

बेलायतमा प्रवासी नेपालीहरुको साझा संस्था धरान युके समाज छ । म सो संस्थाको सदस्य हो । सदस्य भएको नाताले संस्थाबाट पनि सहयोगको अपेक्षा गरेको थिएँ । त्यसैले संस्थाको बैठक धरान रनबारे सुनाएँ । मेरो कुरालाई एकदुई जना बाहेक अरुले हासोमा उडाए ।

नेपालमा च्यारिटी फण्ड संकलनका लागि दौड आयोजना गर्ने मान्छे जन्मिएकै छैन सम्म भने । धरान रन सुरु गर्न एउटा ल्यापटप, एउटा मल्टी फंक्सन घडी मात्र उपलब्ध गराइदिनुहोस भन्दा पनि सहयोग भएन । तर अलिकति पनि हार खाईनँ । जसरी पनि गर्नुपर्छ भन्ने मनमा थियो ।

बेलायतमा देखेको पार्क रन नेपालमा भित्राउनु मेरो लागि ठूलो चुनौती बन्यो । यसरी गर्दा हुन्छ कि त्यसरी गर्दा हुन्छ भनेर मनमा सधै छटपटी हुन्थ्योे । नेपालमा स्वस्थ्य रहनका लागि र फण्डका लागि दौडने भन्ने सोच आईसकेको छैन । यसबारे बुझाउन त्यति सहज थिएन ।

धरानमा त दौडने भन्ने बितिकै लाहुरे बन्नका लागि मात्र हो भन्ने मानसिकता थियो । तर पनि हरेस खाईनँ । मनिषले मेरो योजना अनुसार धरनमा समूह खडा गरेको थियो । समूह तयार भएपछि म नेपाल आएँ । २०११ मा धरान रन समूह दर्ता गर्यौ । रनले स्वस्थ्य रहन पे्ररित गर्ने र च्यारिटीबाट उठेको रकमले बालबालिको शिक्षा र स्वास्थ्यका लागि काम गर्ने उद्देश्य राख्यौं ।

पहिलो दौड

दर्ता पछी दौडन सुरुमा २३ जनालाई अनुरोध गरेयौं । दौडनका लागि दर्ता सिष्टम बनायौं । दौडका लागि रुट तयार गर्यौं । २०११ मे १३ तारिख शनिबार पहिलोपल्ट धरान रन सुरु भयो ।

दोस्रो हप्ताबाट हामीले नेवा च्यारीटी पनि सुरु गर्यौं । च्यारिटीका लागि भनेर बेलायतबाट केहि लुगा ल्याएका थियौं । त्यहि सामान बेचेर भएपनि च्यारिटी गर्ने योजना बनायौं ।

धरान रन सुरु भएको दोस्रो हप्ता म बेलायत फर्कें । तर मेरो समूले यस्लाई निरन्तरता दियो । स्वयंसेवक र दौडनका लागि सहभागीहरु पनि आउन थाले । कहिले घटि कहिले बढि हुँदै निरन्तर शनिवार दौड चल्दै गयो । विस्तारै सहभागी बढ्दै गए ।

साथी लोक लिम्बु र मनिष भाईले धरान रनलाई निरन्तरता दिन ठूलो योगदान गरे । हाम्रो एउटा सपना थियो । धरान रन भनेर चिनाउन लागि वर्षमा एकपल्ट पूर्वाञ्चलव्यापी दौड प्रतियोगिता गराउने योजना थियो । छोरीको नाम अनुसार हामीले नेवा च्यारिटी ८ के रनको भिजन बनायौं । पहिलोपल्ट २०१३ मा नेवा च्यारिटी ८ के रन सुरु गर्यौं ।

यसरी च्यारीटी गरिहदा थुप्रै ठाउँबाट समस्याबारे जानकारी गराउँथे, च्यारिटीसँग सहयोग माग्थे ।

हामीले सुरुमा औपचारिक रुपमा अशक्त महिला साहित्यकार लक्ष्मी राईको सहयोगका लागि च्यारिटी गर्ने भयौं । लक्ष्मी राईको नाममा अक्षय कोष खडा गर्यौं । पत्रकार निलिफा सुब्बाले लक्ष्मी राईको बारेमा जानकारी गराउनुभएको थियो ।

धरान रनलाई यहा सम्म ल्याउन निकै मुस्किल पर्यो । हेर्दा जति राम्रो र सहज देखिन्छ गर्नलाई निकै गाह्रो छ । हुनत कार्यक्रम सिष्टममा गएको छ । एकातिर प्राविधिक समस्या छँदैछ । स्पन्सर खोज्ने कि कार्यक्रम राम्रो बनाउने भन्ने समस्या छ । चुनौती यतिसम्म छ कि हामी बताउन सक्दैनौ ।

अहिले सम्म पनि हाम्रो दौडमा गरि दौडनका लागि टिकट किनेको भन्नेहरु छन् । त्यसो भनेर बुझ्नेहरु छन् । दौड आयोजना गर्दा नगरपालिका, प्रहरी प्रशाशनको उत्तिकै सहयोग चाहिन्छ ।

यसपल्ट धरान रन ८ के नेवा च्यारीटीमा दुई हजार पाँच सय धावक धाविका सहभागी थिए । सोही कार्यक्रमका लागि विभिन्न संस्थाबाट तीन सयभन्दा धेरैजना स्वयंवसेवक आए । धरान रनमा प्रत्येक हप्ताको शनिबार तीन सय देखि पाँच सयको हाराहारीमा सहभागी हुन्छन् ।

प्रत्येक हप्ता १० देखि १५ जना नयाँ सदस्यहरु पनि थपिन्छन् । धरान रनले आफ्नो वार्षिक इभेन्टमा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरुलाई वर्षेनी सम्मान समेत गर्ने गरेको छ । बैकुण्ठ मानन्धर, राजुकाजी शाक्य, हरिबहादुर रोकाया, महेन्द्रबहादुर राई जस्ता विशिष्ट खेलाडीहरु सम्मानित भईसकेका छन् ।

धरान उपमहानगरपालिकाले विगत तीन वर्षदेखि केही रकम दिइरहेको छ । परिवार, साथीभाई, धरान रन समूह परिवार, देश विदेशमा रहनुहुने सबैले सहयोग गर्नुभएको छ । धरान रन सुरु भएको केही समयपछी भोजपुर रन, पोखरामा बि १३ रन साथै झापामा दमक रन सुरु भएको छ । विस्तारै नेपालमा पनि चिनिन थालेको छौं ।

म आफै म्याराथन धावक बनेको छु, दैनिक तालिम र अभ्याश गर्छु । मलाई अहिले परिवारबाट पुरा सहयोग मिलेको छ ।

अहिले छोरी नेवा ११ वर्षकी भईन् । उनि अहिले स्वस्थ्य छिन् । उनी पनि धाविका भएकी छिन् ।

( धरान रनका संस्थापक सन्तोष राईसँगको वार्तामा आधारित )

Nepal Ice – 6th Dharan Run Newa Charity 8 km Results Announcment .

Nepal Ice – 6th Dharan Run Newa Charity 8 km Results Announcment .

Male Open Result
1. Tirtha Pun – 26.46 Min
2. Hari Rimal – 27.12 Min
3. Tikaram Katuwal 27.13 min

Female Open Result
1. Kanchimaya Koju – 31.48 Min
2. Santoshi Shrestha 32.03 Min
3. Phulmati 32.46 min

Under 12 Male Result
1. Bikash Buda
2. Bardan Rai
3. Dipesh Rai

Under 12 Female Result
1. Anuja Pradhan
2. Bipasha Rai
3. Subekchha Rai

Under 16 Male Result
1. Prakash kathayat
2. Samir Mahara
3. Narayan kumar

Under 16 Female Result
1. Srijana Rai
2. Amrita Bhandari
3. Bandana Buda

Veteran Male Result
1. Nirmal Rai
2. Mohan Sundar
3. Ram Tamang

Veteran Female Result
1. Reta Rai
2. Ganga Gurung
3. Dhanmaya Yonghang

Super Veteran Result
1. Man Mohan Pakhile

Dharan RUN- RUNNER OF YEAR
1. Shivani Dev
2. Shuvprabat Rai

Local Runner
1. Anjan Limbu
2. Indrakala Limbu
Thanks and regards
Dharan Run Team
Ice Nepal Dharan run 6th Newa charity 8Km Run 2018

‘धावक धरानकाे कथा’

कवि भूपी शेरचनले उहिल्यै एकबेला लेखे । ‘…धरान कहिले लेफ्ट गर्छ कहिले राइट गर्छ ।’ धरानको सामाजिक साँस्कृतिक र राजनीतिक चरित्रलाई देखेर यी पङ्क्तिहरू काेरिएका थिए । उपभोक्तवादी सँस्कृति हेर्दा ‘राइट’ हिँडेजस्ताे देखिने सहर भने चुनावी परिणामले सदैव ‘लेफ्ट’ शक्तिहरूलाई मात्रै मतादेश दिइरहेकाे लाग्छ । भूपू गाेरखा र सेवारत सैनिकहरू पल्टन घरमा ‘लेफ्ट राइट’ गरिरहेका हाेलान् । तर, ‘लाहुरे’ हरूकाे सहर धरान भने विगत सात वर्षयता निरन्तर दाैडिरहेकाे छ ।

विजयपुरकाे काखमा लमतन्न परिरहेको धरान उपमहानगरका मनुवाहरू प्रत्येक शनिबार दाैडिन थालेको भने सन् २०११ देखि हाे । यस्ताे, मनकारी कामका लागि साइत जुराइदिइरहने संस्था हाे – धरान रन । संस्थापक सन्ताेष राईदेखि अहिलेका अध्यक्ष रमु राईसम्म अाइपुग्दा रन कार्यक्रमले ३५० हप्ता बढी पार गरिसकेको छ । तीनकुने जङ्गलछेउमा रहेको सिरिजङ्गा मार्गकाे ३.५ किमि दूरीकाे साप्ताहिक दाैड कार्यक्रम सुरु गर्दा जम्माजम्मी ३८ जना सहभागी थिए । तर, अहिले सात वर्षको अन्तरालमा कुल ८,२०० बढी धावकहरूले याे लाेकप्रिय इभेन्टमा अाफ्नाे नाम दर्ता गराइसकेका छन् । चाहे त्यो चार वर्षमुनिका कलिला खुट्टा हुन् या ७० वर्षे वयोवृद्ध अनुहार । सबै याे सभ्य सँस्कृतिकाे बानी बसाल्ने अभियानका सारथीहरू हुन् ।

२०७४ फागुन ५ गते शनिबार धरानले २५०० बढी धावकहरूकाे सहभागितामा अाठ किलोमिटरकाे ‘छैटौं नेवा च्यारिटी धरान रन’ प्रतियोगितलाई उत्साहजनक रूपमा सम्पन्न गरिसकेको छ । अाजकाे मितिसम्म अाइपुग्दा अायाेजक संस्था ‘धरान रन टिम’काे अथक मिहिनेत, स्वयंसेवकहरूकाे समर्पण भाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त एथलिट्सहरूसँगै सदैव दुगुरिरहन चाहने धरानवासीहरूकाे अथाह अाकाङ्क्षा, सहयाेगी हात र संस्थाहरूकाे एकीकृत जाेडले ‘धरान रन’ सधैं केही न केही अलग काम गरिरहने धरानेहरूकाे बेग्लै परिचय बनेको छ ।

सङ्कलित रकम सदैव सदुपयोग गर्नु कठिन हुन्छ । तर, ‘धरान रन’ यस मामिलामा मुक्त छ । अहिले पनि उठेको रकम संक्रमित बालबालिकाहरूकाे शिक्षादीक्षामा खर्चने सङ्कल्प कसेकाे छ समूहले । सडक बालबालिका र दुर्गम ठाउँमा शिक्षाकाे पहुँचकाे कुरादेखि फरक क्षमता भएका व्यक्तित्वहरूकाे सम्मान सबै असल कर्महरूमा ‘धरान रन’ निरन्तर पाइला चालिरहेकाे छ । यस्तो लाग्छ दाैडिने र दाैडाउने काम ट्रयाकभित्र र बाहिर दुवै भूमिकामा ‘धरान रन’ व्यस्त छ ।

यी असल र मनकारी मनहरूलाई साधुवाद छ । दाैडने अभियान जारी रहाेस् । धरानजस्तै अरू नगरीहरू पनि यसरी नै दाैडिरहेकाे देख्ने माैका मिलाेस् ।

Pun’s hat-trick at Newa Charity 8 km Run

By Rohit Rai, Dharan

Indian Army Tritha Pun of Baglung won the Nepal Ice Dharan Run Sixth Newa Charity 8 Km Run on Saturday. This is his third regular win. Similarly, in the female category, Dhawika Kanchi Maya Koju of Armed Police Force won the title.

Pun completed eight kilometers in 26 minutes and 46 seconds whereas first and second runner ups of the competition Hari Rimal and Tikaraj Katawal completed the marathon in 27 minutes and 12 seconds as well as 27 minutes and 13 seconds, respectively. The winners received golden, silver and bronze medals along with Rs 40,000, Rs 30,000 and Rs 20,000, respectively.

Pun said, “I am happy that I was able to win the title three times. I hope to continue with my journey.”
Meanwhile, female winner Kanchi Maya Koju completed total distance in 31 minutes and 48 seconds. She has participated in seven national sports competition and has won two golden medals as of yet. This was her first participation in the Newa Charity 8 Km Run. The first and second runners up in th female’s category were Santoshi Shrestha and Fulmati Rana. They completed the marathon in 32 minutes and 3 second as well as in 32 minutes and 46 seconds, respectively. Koju won a gold medal along with Rs 40,000, while two others won silver medal and bronze medal along with Rs 30,000 and Rs 20,000, respectively.

Similarly, in under-16 marathon of males, Prakash Kathayat, Sameer Mahara and Narayan Kumar stood first, second and third, respectively. Among the females, Srijana Rai, Amrita Bhandari and Bandana Buda stood first, second and third, respectively in the competition. The winners received medals along with the cash prize of Rs 7,000, Rs 5,000 and Rs 2,000, respectively.

The marathon also had several other competitions under various categories. The proceeds raised from the charity run will be used to establish Newa Charity Health Fund, informed founder chairperson Santosh Rai. As many as four poor students have been getting education due to the education fund established last year.