Dharan 10 K Run-7th Newa charity Run 2019, March 9 – Press Meet


साताैँ नेवा च्यारेटी रन २०७५ आगामी फागुन २५ गते हुने भएको छ । विगत ७ वर्षदेखि ८ किलोमिटर गरिदै अाएको च्यारेटी रन यो वर्षबाट अन्तराष्ट्रिय मान्यताप्राप्त दाैड अनुसार १० किलोमिटर गरीएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । च्यारेटी रन १२ वर्षभन्दा कम उमेरका लागि भने ३ किलोमिटर रहने समेत बताइएको छ ।

हरेक वर्ष धरान रन समुहले अायोजना गर्दै अाएको च्यारेटी रनको यस वर्षबाट “शिक्षाको निम्ति च्यारेटी रन” धरान १० के रन १०७५ नाम दिइएको छ । दाैड प्रतियोगितामा सहभागिता जनाउनका लागि शनिबारबाट अावेदन फारम समेत खुल्ला गरीएको छ । फारम भर्नका लागि ३ सय रूपैयाँ शुल्क तोकिएको छ ।

रनमा धावकले १० किलोमीटर दौड जितेर विजेता हुनुपर्नेछ । धरानको भानुचौकबाट बिहान ७ वजे प्रतियोगिता शुरु हुने प्रतियोगितामा १२ वर्ष मुनिका धावक धाविका र १३ वर्षदेखि १६ वर्ष उमेर समुहमा महिला तथा पुरुष विजेता वन्नेलाई पहिलो पुरस्कार ७ हजार दोश्रोलाई ५ हजार र तेश्रो विजेतालाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

खुला तर्फका महिला तथा पुरुष विजेताले जनहि नगद ४० हजार , दोश्रोलाई ३० हजार र तेश्रो विजेतालाई २० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरि ४० वर्षदेखि माथि उमेर समुहका भेट्रान दौडका विजेताले क्रमसः ७ हजार,५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथमा धरानका स्थानिय धावकधाविकालार्इ प्रोत्साहन स्वरूप पहिलो, दोस्रो हुने पुरूष महिलालार्इ अाकर्षक पुरस्कार र यस वर्षबाट दाैडमा रन पुरा गर्ने पहिलो ५ सय जनालार्इ मेडल प्रदान गरीने अायोजकले बताएको छ ।

सहभागि सबैलार्इ टिसर्ट प्रदान गरीनेछ । पुरस्कार महिला र पुरूषलार्इ छुट्टाछुट्टै प्रदान गरिनेछ । बिहान ७ बजे भानुचाैकबाट सुरू भएको दाैड धरान ९ स्थित पुतलि लार्इन,दुर्गा चाैक, बुद्ध चाैक, रत्न चाैक, मंगलबारे, कल्यान चौक, पानी टंकी, गणेशमान चौक, रंगशाला हुदै, जिरो प्वाईन्ट,अमरहाट,रेडक्रास भवन,हातिसार क्याम्पस,बिजयपुर चौक,पिण्डेश्वर मंदिर,चिनिया चौक,पुरानो बजार, देशी लाईन हुदै पुन भानुचौकमा अार्इ टुगिनेछ । रन सन्चालन गर्नको लागि करीब २१ लाख लागत लाग्ने अनुमान गरिएको बतार्इएको छ ।

साताैँ नेवा च्यारेटी रनले पाँचाै च्यारेटी रनबाट स्थापना गरीएको “नेवा एजुकेसन फन्ड”को हाल ६ लाख रूपैयाँ रहेको कोषलार्इ १० लाख पुर्याउने योजना रहेको “नेवा एजुकेसन फन्ड”का सम्योजक गोपाल रार्इले बताएका छन् । अहिले “नेवा एजुकेसन फन्ड”को छात्रवृत्ति धरानका १७ जना विद्यार्थीले निःशुल्क शिक्षा लिइरहको छ । जसलार्इ अर्को शैक्षिक शत्रबाट बढाएर ३० जना विद्यार्थीलार्इ छात्रवृत्तिमा निःशुल्क शिक्षा दिइने योजना रहेको समेत सम्योजक रार्इले बताएका छन् ।
यसका साथै बालबालिका महिलाको अाकस्मिक अाैषधि उपचारका लागि नेवा च्यारेटी हेल्थ कोषलार्इ समेत अझ विस्तार गरीने योजना रहेको धरान रन समुहका हध्यक्ष रमु रार्इले बताएका छन् ।


तेस्रो चरणको शैक्षिक सामग्री वितरण
“नेवा च्यारेटी एजुकेशन फन्ड” को छात्रवृत्तिमा पढिरहेका धरानका १७ जना विद्यार्थीलार्इ शैक्षिक शत्रको तेस्रो अर्थात अन्तिम शैक्षिक सामग्री वितरण गरीएको छ ।
२०७५ सालको छात्रवृत्ति अन्तर्गतको अन्तिम शैक्षिक सामग्री वितरणमा विद्यार्थीहरूलार्इ जाडोका लागि स्वेटर, मोजा र शैक्षिक सामग्री वितरण गरीएको छ ।
विद्यार्थीहरूको मेहनत र लगनशिलतालार्इ आधार मानेर यस वर्ष छनाैट भएका विद्यार्थीहरूलार्इ आगामी वर्षमा पनि छात्रवृत्ति प्रदान गरीने धरान रन नेवा च्यारेटी एजुकेशन फन्डका सम्योजक रार्इले बताएका छन् !