PPE Kit handover to BP Koirala Institute of Health Sciences, Dharan by Nepal Run and Dharan Run team

“धरान रन र नेपाल रन-बेलायत द्वारा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई १ लाख रुपया बराबरको १५० थान पीपीई किट हस्तान्तरण”

बिश्वभर छरीएर नियमित दौड़मा लागेका नेपालीहरूको समुह “नेपाल रन” र नेपालमा दौड़ मार्फ़त शारीरिक तन्दुरुस्तीका चेतना विस्तारका लागी निरन्तर लागेको “धरान रन समूह” को आयोजनामा बेलायतबाट सुरु गरिएको लकडाउन फ़िटनेस च्यालेन्ज शारीरिक तंदुरुस्ती चेतना अभियानले आफ़्नो अभियानका क्रममा संकलन भएको रक़मबाट कोरोना सामाग्री “पीपीई किट” खरीद गरेर बुझाएको छ ।

लक डाउन फिटनेस च्यालेन्जबाट संकलित करिब १ लाख रुपया बराबर १५० थान पीपीई किट र डिस्पोजेबल मास्क ख़रीद गरेर धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएको हो ।
धरान रन समुहका अध्यक्ष रमु राई र अन्य सदस्यहरुको उपस्तिथीमा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानक उपकुलपति डा ज्ञानेन्द्र गिरि लाइ उक्त किट सोमबार अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

बिश्वब्यापी रुपमा संचालन गरेको शारीरिक तन्दुरूस्ति च्यालेन्ज बाट धेरैमा नियमित ब्यायामको चेतना बिकास गर्न सफल भएका हो । “हाम्रो उदेश्य रकम भन्दापनि शारीरिक तन्दुरूस्ति चेतना रहेकोले अभियान सफल रहेको धरान रनका संस्थापक सन्तोस राईले बताए ।

महामारीको बेला स्वास्थ्यको लागी दौड र ब्यायामको संस्कारलाई विकास गरेर रोगब्याधिबाट बाच्न चेतनाको बिकास गर्ने सानो प्रयास बाट संकलित रकमबाट सहयोग गर्न पाउदा अत्यन्त खुशीलागेको नेपाल रन समूहका पाण्डव महतोले बताए। महतो क्यान्सर रोगलाई पनि जितेर निरन्तर दौड़मा लागेका अभियन्ता हुन ।

यो बिसुद्ध परोपकारी अभियानमा बिश्वभरबाट साथ् दिने , सहयोग गर्ने महामारी र प्रविधिको निकास संग़ै बढ़ेको शारीरिक निष्क्रियताले बढ़ाउने स्वास्थ्य समस्याहरू बिरुद्ध सचेत भई एकअर्कालाई ब्यायाम गर्न प्रोत्साहन गर्ने अभियानमा सहभागीहरू सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै रकम यो शारीरिक तन्दुरुस्ती अभियान जारिरहने अभियानका अर्का अभियन्ता जगन कार्कीले बताए ।

अभियान मार्फ़त एक ब्यक्तिले १० जनालाई अफूले जस्तै शारीरिक अभ्यास गरेर फोटो भिडियो पोस्ट गर्न र सानो रक़म डोनेट गर्न अनुरोध गरीएको थियो ।.
स्तरीय पीपीई किट खरिद गर्न डा अरबिन जोशीको पहल र उक्त कार्यक्रम संयोजक धुर्ब नेपालले गर्नुभएको थियो !
———————————–
Thank you all participant of lock down fitness challenge !