Date & Venue: Saturday, 17th Magh 2082 (Nepali calendar), at Nawayug Hotel, Dharan Organizer: Dharan Run Group Trainer/Initiative: Conducted under the leadership of Sunil Nepal
Key Highlights
Training Focus: Leadership skills and institutional development for officers and members of Dharan Run Group.
Statute Review: Participants discussed the statute of Dharan Run and proposed amendments.
Conflict Resolution: Group discussions centered on conflicts and problems in Dharan, identifying solutions and possible exits.
Active Participation: Members contributed ideas and shared perspectives to strengthen organizational unity and effectiveness.
This kind of training is significant because it not only builds leadership capacity but also helps organizations like Dharan Run Samuhacreate stronger governance structures, resolve internal challenges, and ensure sustainability.
धरानको गौरवसँग जोडिएको “धरान रन” आउदो फागुन ९ गते हुने (भिडियो सहित)
रोहित कुमार बस्नेत (डेविट)
गणतन्त्र खबर / धरानको गौरव, पर्यटन, प्रर्वद्धन र विकासको अभियानसँग जोडिएको धरान रनले आफ्नो १४औं सस्करण आउदो फागुन ९ गते अर्थात (२१ फेब्रुअरी २०२६) शनिबारका दिन प्रतियोगिता गर्ने भएको छ । “धरान १० के. रन-चौंधौ नेवा च्यारेटी २०८२” नामक दौड प्रतियोगिता विगतभन्दा फरक र भव्यरुपले गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । हरेक उमेर समुहका महिला तथा पुरुषहरुले सहभागिता जनाउँदै आएको प्रतियोगितामा यो बर्षको ४००० भन्दा आउन सक्ने अनुमान गरिएको छ । पुरस्कार राशी भने गत बर्ष झै यथावत राखिने धरान रनका अध्यक्ष हेमन सुनुवारले बताए । तर उनले विगत बर्षको भन्दा जीवन वीमा आदि सेवा थप गरेका छन् । उनका अनुसार प्रतियोगितामा १६ देखि ३९ सम्म “open’’ समुहका खुल्ला दौड समुहमा प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष-महिलालाई क्रमशः रु. ६०,०००, रु. ४००००, रु. ३०००० पुरस्कार राशी दिईनेछ । १३ बर्ष मुनिका “Under 13’’ समुहका प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष-महिलालाई पुरस्कार राशी क्रमशः रु ७०००, रु.५०००, रु.३००० दिईने छ । १२ देखि १५ सम्म बर्ष भित्रका “Under 16’’ समुहका प्रथम, दोस्रो, तेस्रो हुने पुरुष-महिलालाई क्रमशः रु ७०००, रु.५०००, रु.३००० प्रदान गरिनेछ । ४० वर्ष देखि ४९ सम्मको “Veteran’’ समुहका भेट्रोन दौडमा पुरुष-महिला प्रथम, दोस्रो, तेस्रो हुने विजयीलाई क्रमशः रु १००००, रु.७०००, रु.५००० दिईने छ । ४९ वर्ष देखि ५९ सम्मको “Mid Veteran’’ मिड-भेट्रोन समुहका प्रथम, दोस्रो, तेस्रो हुने पुरुष-महिलालाई क्रमशः रु ७०००, रु.५०००, रु. ३००० दिईने छ । त्यसैगरी ६० वर्ष देखि “Super Veteran’’ सुपर-भेट्रोन समुहका विजयी पुरुष-महिलालाई पुरस्कार राशी रु. ५००० दिईने छ । दौडको रुट भने गतवर्षको यथावत रहने अध्यक्ष सुनुवारले जानकारी दिए ।
दर्ता शुल्क तीन चरणमा लाग्ने, विद्यार्थीलाई केही छुट धरान रनका अध्यक्ष सुनुवारले आजकै दिन देखि सहभागीहरुको लागि दर्ता फारम वितवरण सुरु भएको बताए । उनका अनुसार विद्यार्थीहरुको लागि भने शुल्क रु. ४२० मात्र राखिएको छ । Early Bird Registration दर्ता शुल्क १ कातिक २०८२ देखि १० गते मंसिर २०८२ सम्म रु. ५२० लाग्नेछ । Regular Bird Registration दर्ता शुल्क ११ मंसिर २०८२ देखि ३ं० पौष २०८२ गते सम्म रु. ६२० गरिएको छ । Late Registration दर्ता शुल्क १ माघ देखि २९ माघ २०८२ गते सम्मका लागि रु. ७२० शुल्क लाग्ने बताईएको छ ।
आगामी बर्षमा सिस्टमलाई पेपरलेस बनाउँदै जाने गत बर्षदेखि चिप सिस्टमलाई समावेश गरेको धरान रनले आगामी बर्षमा सम्पूर्ण रुपमा बनाउँदै जाने ठहर गरेको छ । अध्यक्ष सुनुवारले भने, ‘एक दिनको प्रतियोगिताको लागि १ लाखसम्मको विमा सेवा प्रदान गर्ने उदेश्य रहेको हुँदा र सुरक्षित प्रतियोगिताको लागि चिप सिस्टम अनिवार्य बन्दै गएको छ ।’ उनका अनुसार, यस सँस्करण दौड प्रतियोगितामा धावकधाविकाको निम्ति “Chip Timing System” प्रयोग गरिनेछ । प्रत्येक धावकधाविकाहरुको जुत्तामा लगाईने “Chip Timing System” बाट दौड समय मापन गरिनेछ ।
च्यारेटी प्रतियोगिताबाट संकलित रकमले सामाजिक सहयोग च्यारेटी प्रतियोगिताबाट संकलित रकम अपाङ्ग-असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरि सहयोग गर्दै आएको छ । यो बर्षको संकलित रकमले शैक्षिक क्षेत्रमा छात्रवृत्तिको लागि लगानी गर्ने अध्यक्ष सुनुवारले बताए । रनले “प्रथम नेवा च्यारेटी ८ कि मी रन २०६९” बाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ रु. २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा रु. ४ लाखको अक्षय कोष खडा गरिएको थियो । “दोस्रो नेवा च्यारेटी ८ कि मी रन २०७०” बाट संक्रमित दुव्यसनी महिलाहरुको निम्ति दृष्ट्रि नेपाल संस्थाको ह्यापी होमका लागि रु १ लाख ७७ हजार सहयोग गरिएको थियो । “तेस्रो नेवा च्यारेटी २०७१” बाट धरान पाजेटिभ समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागि रु १ लाख ५० हजार प्रदान गरिएको थियो । त्यस्तै “चौथो नेवा च्यारेटी २०७२” बाट विभिन्न ५ संस्था अनि विरामीको निम्ति रु २ लाख प्रदान गरिएको थियो । र “पाचौ नेवा च्यारेटी रन २०७३” बाट उठेको रकम बाट रु २ लाख ५० हजार शिक्षाको निम्ति अक्षय कोष खडा गरि २४ जना जेहेन्दार सामुदायिक विद्यालयको विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरिएको थियो । “धरान १० कि रन-छैठो नेवा च्यारेटी २०७४” बाट उठेको रकमबाट अक्षयकोषलाई रु. ३ लाख ५० हजार थप गर्दै रु. ६ लाख बनाएको थियो । “धरान १० कि रन-सातौं नेवा च्यारेटी २०७५” शिक्षाको निम्ति उठेको रकम ४ लाख थपि जम्मा १० लाख को अक्षय कोष स्थापना गरिएको थियो । “धरान १० कि रन-आठौं नेवा च्यारेटी २०७६” बाट उठेको रकम रु १,८२,००० हजार थप गरि कुल अक्षयकोष रकम रु ११ लाख ८२ हजारबाट आउने ब्याजबाट सामुदायिक विद्यालयको २४ जना जेहेन्दार-विपन्न विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरेको थियो । “धरान १० कि रन-नवौंं नेवा च्यारेटी २०७७” मा कोरोना महामारीको कारणले सिमित धावकधाविकाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । दशौ, एघारौं, १२औं र तेहौं संस्कराका संकलित १३ लाख रकमले नेवा एजुकेशन फण्ड अक्षय कोष स्थापना गरेको आयोजकले जनाएको छ ।