धरानको गौरवसँग जोडिएको “धरान रन” आउदो फागुन ९ गते हुने (भिडियो सहित)

धरानको गौरवसँग जोडिएको “धरान रन” आउदो फागुन ९ गते हुने (भिडियो सहित)

रोहित कुमार बस्नेत (डेविट)

गणतन्त्र खबर / धरानको गौरव, पर्यटन, प्रर्वद्धन र विकासको अभियानसँग जोडिएको धरान रनले आफ्नो १४औं सस्करण आउदो फागुन ९ गते अर्थात (२१ फेब्रुअरी २०२६) शनिबारका दिन प्रतियोगिता गर्ने भएको छ । “धरान १० के. रन-चौंधौ नेवा च्यारेटी २०८२” नामक दौड प्रतियोगिता विगतभन्दा फरक र भव्यरुपले गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
हरेक उमेर समुहका महिला तथा पुरुषहरुले सहभागिता जनाउँदै आएको प्रतियोगितामा यो बर्षको ४००० भन्दा आउन सक्ने अनुमान गरिएको छ । पुरस्कार राशी भने गत बर्ष झै यथावत राखिने धरान रनका अध्यक्ष हेमन सुनुवारले बताए । तर उनले विगत बर्षको भन्दा जीवन वीमा आदि सेवा थप गरेका छन् । उनका अनुसार प्रतियोगितामा १६ देखि ३९ सम्म “open’’ समुहका खुल्ला दौड समुहमा प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष-महिलालाई क्रमशः रु. ६०,०००, रु. ४००००, रु. ३०००० पुरस्कार राशी दिईनेछ ।
१३ बर्ष मुनिका “Under 13’’ समुहका प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष-महिलालाई पुरस्कार राशी क्रमशः रु ७०००, रु.५०००, रु.३००० दिईने छ । १२ देखि १५ सम्म बर्ष भित्रका “Under 16’’ समुहका प्रथम, दोस्रो, तेस्रो हुने पुरुष-महिलालाई क्रमशः रु ७०००, रु.५०००, रु.३००० प्रदान गरिनेछ ।
४० वर्ष देखि ४९ सम्मको “Veteran’’ समुहका भेट्रोन दौडमा पुरुष-महिला प्रथम, दोस्रो, तेस्रो हुने विजयीलाई क्रमशः रु १००००, रु.७०००, रु.५००० दिईने छ । ४९ वर्ष देखि ५९ सम्मको “Mid Veteran’’ मिड-भेट्रोन समुहका प्रथम, दोस्रो, तेस्रो हुने पुरुष-महिलालाई क्रमशः रु ७०००, रु.५०००, रु. ३००० दिईने छ ।
त्यसैगरी ६० वर्ष देखि “Super Veteran’’ सुपर-भेट्रोन समुहका विजयी पुरुष-महिलालाई पुरस्कार राशी रु. ५००० दिईने छ ।
दौडको रुट भने गतवर्षको यथावत रहने अध्यक्ष सुनुवारले जानकारी दिए ।

दर्ता शुल्क तीन चरणमा लाग्ने, विद्यार्थीलाई केही छुट
धरान रनका अध्यक्ष सुनुवारले आजकै दिन देखि सहभागीहरुको लागि दर्ता फारम वितवरण सुरु भएको बताए । उनका अनुसार विद्यार्थीहरुको लागि भने शुल्क रु. ४२० मात्र राखिएको छ ।
Early Bird Registration दर्ता शुल्क १ कातिक २०८२ देखि १० गते मंसिर २०८२ सम्म रु. ५२० लाग्नेछ ।
Regular Bird Registration दर्ता शुल्क ११ मंसिर २०८२ देखि ३ं० पौष २०८२ गते सम्म रु. ६२० गरिएको छ ।
Late Registration दर्ता शुल्क १ माघ देखि २९ माघ २०८२ गते सम्मका लागि रु. ७२० शुल्क लाग्ने बताईएको छ ।

आगामी बर्षमा सिस्टमलाई पेपरलेस बनाउँदै जाने
गत बर्षदेखि चिप सिस्टमलाई समावेश गरेको धरान रनले आगामी बर्षमा सम्पूर्ण रुपमा बनाउँदै जाने ठहर गरेको छ । अध्यक्ष सुनुवारले भने, ‘एक दिनको प्रतियोगिताको लागि १ लाखसम्मको विमा सेवा प्रदान गर्ने उदेश्य रहेको हुँदा र सुरक्षित प्रतियोगिताको लागि चिप सिस्टम अनिवार्य बन्दै गएको छ ।’
उनका अनुसार, यस सँस्करण दौड प्रतियोगितामा धावकधाविकाको निम्ति “Chip Timing System” प्रयोग गरिनेछ । प्रत्येक धावकधाविकाहरुको जुत्तामा लगाईने “Chip Timing System” बाट दौड समय मापन गरिनेछ ।

च्यारेटी प्रतियोगिताबाट संकलित रकमले सामाजिक सहयोग
च्यारेटी प्रतियोगिताबाट संकलित रकम अपाङ्ग-असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरि सहयोग गर्दै आएको छ । यो बर्षको संकलित रकमले शैक्षिक क्षेत्रमा छात्रवृत्तिको लागि लगानी गर्ने अध्यक्ष सुनुवारले बताए ।
रनले “प्रथम नेवा च्यारेटी ८ कि मी रन २०६९” बाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ रु. २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा रु. ४ लाखको अक्षय कोष खडा गरिएको थियो । “दोस्रो नेवा च्यारेटी ८ कि मी रन २०७०” बाट संक्रमित दुव्यसनी महिलाहरुको निम्ति दृष्ट्रि नेपाल संस्थाको ह्यापी होमका लागि रु १ लाख ७७ हजार सहयोग गरिएको थियो ।
“तेस्रो नेवा च्यारेटी २०७१” बाट धरान पाजेटिभ समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागि रु १ लाख ५० हजार प्रदान गरिएको थियो । त्यस्तै “चौथो नेवा च्यारेटी २०७२” बाट विभिन्न ५ संस्था अनि विरामीको निम्ति रु २ लाख प्रदान गरिएको थियो ।
र “पाचौ नेवा च्यारेटी रन २०७३” बाट उठेको रकम बाट रु २ लाख ५० हजार शिक्षाको निम्ति अक्षय कोष खडा गरि २४ जना जेहेन्दार सामुदायिक विद्यालयको विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरिएको थियो ।
“धरान १० कि रन-छैठो नेवा च्यारेटी २०७४” बाट उठेको रकमबाट अक्षयकोषलाई रु. ३ लाख ५० हजार थप गर्दै रु. ६ लाख बनाएको थियो । “धरान १० कि रन-सातौं नेवा च्यारेटी २०७५” शिक्षाको निम्ति उठेको रकम ४ लाख थपि जम्मा १० लाख को अक्षय कोष स्थापना गरिएको थियो ।
“धरान १० कि रन-आठौं नेवा च्यारेटी २०७६” बाट उठेको रकम रु १,८२,००० हजार थप गरि कुल अक्षयकोष रकम रु ११ लाख ८२ हजारबाट आउने ब्याजबाट सामुदायिक विद्यालयको २४ जना जेहेन्दार-विपन्न विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरेको थियो ।
“धरान १० कि रन-नवौंं नेवा च्यारेटी २०७७” मा कोरोना महामारीको कारणले सिमित धावकधाविकाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । दशौ, एघारौं, १२औं र तेहौं संस्कराका संकलित १३ लाख रकमले नेवा एजुकेशन फण्ड अक्षय कोष स्थापना गरेको आयोजकले जनाएको छ ।

Source: Ganatantra Khabar

Copyright © 2011 Dharan Run Samuha. All Rights Reserved.